विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र पाकिस्तान भिड्दै – Himalayan Dainik

विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र पाकिस्तान भिड्दै


विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र पाकिस्तान भिड्दै

 

काठमाडौँ, जेठ २९

अष्ट्रेलिया र पाकिस्तानबीच हुने खेल टाउटोनको काउन्टी क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ ।

सन् १९९९ पछि पहिलोपल्ट विश्वकपमा जवाफी ब्याटिङ गरेर पराजित भएको अष्ट्रेलिया इंग्ल्याण्डमा जारी आईसीसी एकदिवशीय विश्वकपमा बुधबार पाकिस्तानविरुद्ध पुनरागमन जित हासिल गर्ने लक्ष्यमा हुनेछ ।

आफ्नो पूरा शक्तिका साथ अष्ट्रेलियाको बलिङ आक्रमण भारतविरुद्धको खेलमा संघर्षरत देखिएको थियो । ३ सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा ब्याट्सम्यानले साविक विजेताको साख जोगाउन आफ्नो शतप्रतिशत प्रदर्शनको प्रयास गरेका थिए ।

पाकिस्तान आफूमाथि लागेको ‘अप्रत्यासित टिम’को ट्यागमा खरो उत्रिएको छ र अहिलेसम्म प्रतियोगितामा त्यसको विपरित प्रदर्शन गरिरहेको छ । टाउटोनमा बुधबार सुख्खा र बदलीयुक्त दिनको पूर्वानुमान गरिएको छ ।