मेलम्चीको दोश्रो ठूलो खानेपानी आयोजनाको पोखरामा निर्माण शुरू – Himalayan Dainik

मेलम्चीको दोश्रो ठूलो खानेपानी आयोजनाको पोखरामा निर्माण शुरू


मेलम्चीको दोश्रो ठूलो खानेपानी आयोजनाको  पोखरामा निर्माण शुरू

नेपाल सरकारको ऋण लगानी र जापान सरकारको अनुदान सहयोगमा पोखरामा देशकै दोस्रो ठूलो खानेपानी सुधार विस्तार आयोजना शुरु भएको छ ।

खानेपानी क्षेत्रमा देशमा सञ्चालित मेलम्ची पछिको दोस्रो ठूलो आयोजनाको रुपमा लिइएको खानेपानी संस्थानअन्तर्गत सञ्चालन हुने सो आयोजनाअन्तर्गत पोखराबाट १२ किमीको दूरीमा रहेको मर्दी मुहानबाट ल्याइएको पानी प्रशोधन गरी शुद्धीकरण गरेर पिउन योग्य बनाउने लक्ष्य राखिएको छ ।

सो प्रयोजनका लागि पानी प्रशोधन केन्द्र निर्माण तथा दुई हजार घनमिटर क्षमताका तीन वटा ट्याङकी निर्माण गरी नगरका विभिन्न क्षेत्रमा पाइप लाइनमार्फत विस्तार गर्ने योजना रहेको छ । आयोजनाको पोखरा महानगरपालिका–१९ पुरुनचौरमा आज आयोजित एक कार्यक्रमबीच सङ्घीय सरकारका खानेपानी मन्त्री बिना मगरले शिलान्यास गरिन ।