राष्ट्रपतिको सवारीमा सुधार : शीतलनिवासमै उदघाटन, हुन छाड्यो सडक जाम – Himalayan Dainik

राष्ट्रपतिको सवारीमा सुधार : शीतलनिवासमै उदघाटन, हुन छाड्यो सडक जाम


राष्ट्रपतिको सवारीमा  सुधार : शीतलनिवासमै उदघाटन, हुन छाड्यो सडक जाम

काठमाडौं, जेठ २७

राष्ट्रपति बिद्यादेवी भण्डारी यही जेठ २१ गते नेपालगन्ज जानुभयो । राष्ट्रपति जाँदा र आउँदा सडक जामदेखि हवाई उडानसम्म समस्या हुने गरेको अन्य दिन भन्दा बिल्कुलै फरक देखियो । अनौपचारिक भ्रमणमा गएकाले विमानस्थलमा नोटामसमेत जारी गरिएन । नियमित उडानमार्फत नेपालगञ्ज पुग्नुभएकी राष्ट्रपति भण्डारी २३ गते राजधानी फर्कुनुभयो । तर दुवै दिन विमानस्थलमा कुनै असर परेन । नागरिकले राष्ट्रपतिको यात्रा होस त यस्तो भन्दै जनताकी छोरी राष्ट्रप्रमुख भएकोमा गर्व गरे ।

पछिल्लो समय सर्वसाधरणकोआवाजलाई शीतलनिवाशले निकै गम्भीरतापुर्वक लिएर सवारीमा सुधारको काम अघि बढाएको छ । सडकदेखि विमानका यात्रुसम्मले दुःख पाउन थालेको भन्दै विरोध भएपछि राष्ट्रपति भण्डारीको सवारीमा सुधार गर्न थालिएको छ । सर्वसाधरणले दुःख नपाउन भनेर सामान्य कार्यक्रम राष्ट्रपतिले आफ्नै कार्यालयमा उद्घाटन गर्न सुरु गर्दै सवारीमा सुधार अभियान अघि बढाउनु भएको हो ।

भिआइपीको औपचारिक भ्रमणका क्रममा विमानस्थलमा नोटाम जारी गरेर अन्य उडान रोक्ने गरिन्छ । जसले दिनभरको उडान तालिका अस्तव्यस्त हुने गरेका छन् । सुरक्षाका कारण नभई भिआइपीको सम्मानका लागि अन्य उडान रोकिने गर्दा सर्वसाधारणबाट आलोचना हुने गरेको थियो । यसमा पनि बिमानस्थलले सुधारको प्रयास अघि बढाएको छ ।

‘भिआइपीको सुरक्षा कमान्ड सेनाले हेर्ने गर्छ, सेनाको सिफारिसमा नोटाम जारी हुने हो । त्यसमा सुधार गर्न हामीले छलफल थालेका छौँ,’ बिमानस्थलका एक अधिकारीले भने । त्यसो त राष्ट्रपति भण्डारी आफैले किन यसरी जाम गरेको भन्दै सुरक्षामा खटिएका नेपाली सेनाका अधिकृतहरुलाई पटक पटक सोधनी भइसकेको छ । सैनिक अधिकारीहरुले भिभिआइपीको सुरक्षाकालागि भन्दै सडक जाम गर्दै आएका छन । तर पछिल्लो पटक राष्ट्रपति भण्डारीले आफू जनताको छोरी भएकोले जनतालाई दुःख हुने काम देख्न नसक्ने र दुःख हुने गरी कँही कतैनहिडने भनेपछि सुधार प्रयाश अघि बढाइएको शीतलनिवास स्रोतले बतायो ।

राष्ट्रपतिको सो अडानको परिणाम गत साता नेपालगञ्ज भ्रमणमा देखिएको हो । राष्ट्रपति नेपालगन्ज जाँदा र फर्कंदा विगतको तुलनामा ट्राफिक निकै कम प्रभावित भएको थियो । आइतबारको भोटोजात्राको कार्यक्रम भने औपचारिक भएकाले सडक दुईतर्फ नै खाली गरिएको थियो । तर बिगतमा भन्दा निकै सहज बनेको देखिन्थ्यो ।