काठमाडौं,जेठ २७
नेपालका सम्माननीय अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत महामहिम श्री मन्जीव सिंह पुरीज्यूले २०७६ जेष्ठ २७ गते अर्थसचिव डा. राजन खनाललाई ने.रु. १ अर्ब ६० करोडको चेक हस्तान्तरण गर्नुभयो । भारत सरकारले आवास पुनर्निमाणका लागि नुवाकोट र गोरखा जिल्लाका ५०,००० लाभग्राहीहरुलाई प्रदान गरेको पहिलो तथा दोस्रो किस्ताको शोधभर्नाका लागि उक्त रकम उपलब्ध गराएको हो । हाल सम्म भारतले नेपाललाई ने.रु. ४ अर्ब ५० करोड प्रदान गरिसकेको छ ।
२. नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप घरधनीहरुले घर पुनर्निमाण गरेको सुनिश्चित गर्न भारत सरकारले घरधनीहरुलाई सामाजिक–प्राविधिक सुविधा प्रदान गर्न युएनडिपी तथा युएनओप्ससँग साझेदारी गरिरहेको छ ।
३. उक्त कार्यक्रममा नेपाल सरकारले भूकम्प पश्चातको पुनर्निमाणमा भारत सरकारले प्रदान गरेको अटुट तथा उदार मानवीय सहयोगका लागि सराहना व्यक्त गर्यो । सोही अवसरमा उक्त साझेदारीका लागि नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्दै राजदूत पुरीले भारत सरकार तथा भारतीय जनता नेपालमा भूकम्प पश्चातको पुनर्निमाण परियोजना पूरा गर्न प्रतिबद्ध रहेको कुरा दोहो¥याउनुभयो ।