नेपाल समाजवादी पार्टीको प्रचार विभाग प्रमुखमा पाण्डे – Himalayan Dainik

नेपाल समाजवादी पार्टीको प्रचार विभाग प्रमुखमा पाण्डे


नेपाल समाजवादी पार्टीको प्रचार विभाग प्रमुखमा पाण्डे

काठमाडौँ — नेपाल समाजवादी पार्टीको प्रचार, प्रसार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी विश्वदीप पाण्डेले पाएका छन् । काठमाडौंमा बिहीबार बसेको नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले पाण्डेलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।

पूर्वप्रधामन्त्री रहेका अध्यक्ष बाबुराम भट्टराईको प्रेस सल्लाहकारको समेत जिम्मेवारी निर्वाह गरेका पाण्डे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाको अध्ययन गर्ने र मिडियामैत्री राजनीतिज्ञको रुपमा समेत परिचित छन् ।

 

यसैगरी बैठकले फणीन्द्र देवकोटालाई केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी दिएको नेसपाले जनाएको छ ।