कोरोना संक्रमण बढ्न थालेपछि कर्णाली सरकारले थाल्यो तयारी – Himalayan Dainik

कोरोना संक्रमण बढ्न थालेपछि कर्णाली सरकारले थाल्यो तयारी


कोरोना संक्रमण बढ्न थालेपछि कर्णाली सरकारले थाल्यो तयारी

काठमाडौँ – कर्णालीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्न थालेपछि रोकथामका लागि सरकारले तयारी थालेको छ । बिहीबार मुख्यमन्त्री जीवनबहादुर शाहीको संयोजकत्वमा गठित कोभिड–१९ रोकथाम, नियन्त्रण, निदान र उपचार सम्बन्धी प्रदेशस्तरीय निर्देशक समितिको बैठकले विभिन्न निर्णय गरेको छ ।

जसमा कोरोना रोकथामका प्रमुख माध्यम भनेको खोप सेवा भएकाले खोपलाई प्रभावकारी रुपमा विस्तार गर्नुपर्ने उल्लेख छ । प्रदेशमा कोरोना संक्रमित शंकास्पद व्यक्तिहरुको संख्या बढ्दै गइरहेको हुँदा आम नागरिकलाई जनस्वास्थ्यका मापदण्डहरु कडाईका साथ पालन गर्न सम्बन्धित निकायलाई आग्रह गर्न निर्णय गरिएको छ ।