काठमाडौँ कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था सुधारोन्मुख – Himalayan Dainik

काठमाडौँ कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था सुधारोन्मुख


काठमाडौँ कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौँ –  नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ । कांग्रेसका सचेतक मीनबहादुर विश्वकर्माले विज्ञप्ति मार्फत नेता गिरीको अवस्थामा सुधार देखिएको जनाएका छन ।

सचेतक विश्वकर्माले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘‘नेपाल आउन साथ निमोनिया देखिएकोले तत्काल ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल भर्ना भई उपचार भइरहेको छ । चिकित्सक एवं परिवार स्रोतका अनुसार उहाँको स्वास्थ्यमा क्रमिक सुधार देखिएको बुझिएको छ ।’

घाँटीमा देखिएको क्यान्सरको उपचारका लागि भारत गएका उनी स्वास्थ्यमा सुधार आएपछि नेपाल फर्किएका थिए ।