सुनको भाउ आज ५ सय रुपैयाँले घट्यो – Himalayan Dainik

सुनको भाउ आज ५ सय रुपैयाँले घट्यो


सुनको भाउ आज ५ सय रुपैयाँले घट्यो

काठमाण्डौ –  केही दिनयता लगातार बढेको सुनको भाउ आज भने ५ सय रुपैयाँले घटेको छ ।

आज सुन तोलामा ९६ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ५ रुपैयाँ घटेर चाँदी आज १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।