गत आवमा काठमाडौं महानगरको खर्च ४४ प्रतिशत – Himalayan Dainik

गत आवमा काठमाडौं महानगरको खर्च ४४ प्रतिशत


गत आवमा काठमाडौं महानगरको खर्च ४४ प्रतिशत

काठमाडौँ – महानगरपालिकाले आर्थिक वर्ष २०७८र०७९ मा ७ अर्व ३१ करोड ३५ लाख २९ हजार ४४२ रुपैयाँ ४७ पैसा खर्च गरेको छ ।

महानगरको वार्षिक समीक्षा वैठकमा वित्त विभागले प्रस्तुत गरेको तथ्यांक अनुसार स्वीकृत १६ अर्ब ५२ करोड ८७ लाख ११ हजार रुपैयाँको ४४.२४ प्रतिशत खर्च भएको हो ।

राष्ट्रिय सभा गृहमा महानगरको गत आर्थिक वर्षको समीक्षा वैठक भइरहेको छ ।

बैठकमा विभाग, आयोजना, एकाई, सचिवालय गरी २४ क्षेत्रबाट समीक्षा प्रस्तुतिकरण हुनेछ । गत वर्ष स्वीकृत नीति तथा कार्यक्रमका आधारमा कार्यान्वयन गरिएका र गर्न नसकिएका कार्यक्रमको मूल्याङ्कनका लागि समीक्षा बैठक आयोजना गरिएको योजना अनुगमन तथा मूल्याङ्कन एकाईका प्रमुख नरेन्द्रविलास बज्राचार्यले जानकारी दिए ।