यसवर्षका सबै तिज गितलाई उछिन्दै भागिरथ चलाउनेको ‘झमझम झम्काना’ करोड क्लबमा प्रवेश – Himalayan Dainik

यसवर्षका सबै तिज गितलाई उछिन्दै भागिरथ चलाउनेको ‘झमझम झम्काना’ करोड क्लबमा प्रवेश


यसवर्षका सबै तिज गितलाई उछिन्दै भागिरथ चलाउनेको ‘झमझम झम्काना’ करोड क्लबमा प्रवेश

काठमाडौं –  भागिरथ चलाउनेको तीज गीत ‘झमझम झम्काना’ करोड क्लबमा प्रवेश गरेको छ ।

एक महिनाअघि सार्वजनिक गीतमा चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर रहेको गीत रहेको छ । गीत मंगलबारसम्ममा युट्युबमा एक करोडलाई बढी पटक हेरिएको छ ।

यो यसवर्ष सार्वजनिक भएका तीज गीतमध्ये करोड क्लबमा पुग्ने एक मात्रै गीत हो । युट्युबमा एक लाख १५ हजार बढीले लाइक गरेको उक्त गीतलाई ८ हजार भन्दा बढीले प्रतिक्रिया दिएका छन् । गीत सार्वजनिक भएको एक साता नपुग्दै युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा पुगेर एक साताभन्दा लामो समयसम्म बसेको थियो ।

गीतमा बोमबहादुर गाहा मगरको शब्द, भागिरथकै संगीत रहेको छ भने विनोद बाजुरालीले एरेन्ज गरेका छन् ।

प्रकाश भट्टको निर्देशनमा तयार गीतको भिडियोमा भागिरथसँगै मोडल गीता ढुंगानाको अभिनय तथा नृत्य रहेको छ । सन्ध्या कँडेलको प्रस्तुति रहेको ‘झमझम झम्काना’लाई राजेश घिमिरेले छायांकन एवं विष्णु घिमिरेले सम्पादन गरेका हुन् ।

गायक भागिरथले ‘झमझम झम्काना’लाई स्रोता–दर्शकले दिएको माया अनपेक्षित भएको प्रतिकृया जनाए । अहिले तीज गीतलाई यति धेरै रुचाइदिएकोमा भागिरथले यसको श्रेय स्रोता र दर्शक भएको भन्दै  धन्यवाद व्यक्त गरेका छन् ।

गीत रिलिज गर्दा एक किसिमका अपेक्षा भएपनि यति धेरै चर्चाको आशा नगरेको बताए । उनले भने, ‘गत वर्षको ‘थोपडाले धोका दियो बरिलै’ यूट्वुवमा ५० लाखले हेरेका हुनाले त्यो भन्दा बढी गइदेओस् भन्ने त थियो तर, त्योभन्दा धेरै नै बढी चर्चित बन्यो ।’

आफ्नो गीत टिकटकमार्फत बढी भ्यूज गएको उनको बुझाइ छ । उनले थप्दै भने, ‘टिकटकमा चल्न थालेपछि चौँथौ र पाँचौं दिनबाट बल्ल भ्युज बढेको हो ।’

७५ भन्दा बढी गीतमा स्वर दिएका भागिरथको ‘झमझम झम्काना’ करोड क्लवमा पुग्ने दोस्रो गीत हो । यद्यपि यसपालि करोड क्लबमा पुग्ने तीज गीत भने पहिलो हो ।