गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु – Himalayan Dainik

गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु


गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ – गुल्मीमा ट्रक दुर्घटना हुँदा ट्रक चालक रनबहदुर ढेगाको घटनास्थलमै मृत्यु भएको छ ।

चालक गुल्मीदरबार निवासी अन्दाजी ३५ वर्षका ति व्यक्तिको दुर्घटनामा परेर मृत्यु भएको  जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद आचार्यले बताए ।

आइतबार बिहान जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर-१० मा सिमिचौरबाट तम्घासको देउरालीतर्फ जाँदै गरेको लु १ख१८६६ नम्बरको ट्रक दुर्घटनामा परेको हो ।

ट्रक सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।