शेयर बजार उच्च अङ्कले घट्यो, ३ अर्ब ७६ करोड रुपैयाँको कारोबार – Himalayan Dainik

शेयर बजार उच्च अङ्कले घट्यो, ३ अर्ब ७६ करोड रुपैयाँको कारोबार


शेयर बजार उच्च अङ्कले घट्यो, ३ अर्ब ७६ करोड रुपैयाँको कारोबार

काठमाण्डौ – शेयर बजार आज बिहीवार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३८ दशमलव ६१ अङ्कले घटेर २ हजार १ सय ४८ दशमलव १६ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा व्यापार, विकास बैंक, जलविद्युत्, उत्पादन र लघुवित्त समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

दुई सय १५ वटा कम्पनीको ८५ लाख ६९ हजार कित्ता शेयर तीन अर्ब ७६ करोड ८० लाख रुपैयाँमा कारोबार भएको छन् ।