एकैदिन तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य – Himalayan Dainik

एकैदिन तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य


एकैदिन तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतार चढाव कायमै रहेको छ । बुधबार घटेको सुनकोे मूल्य फेरि बिहीबार बढेको छ । बिहीबार छापावाल सुन तोलामा ८ सय रुपैयाँले बढेको छ ।

एकैदिन तोलामा ८ य रुपैयाँले बढेसँगै आज छापावाल सुनको मूल्य प्रतितोलाको ९६ हजार १ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

हिजो छापावाल सुन प्रतितोलाको ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँ कायम भई कारोबार भएको महासंघले जनाएको छ । बुधबार तेजाबी सुन तोलाको ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार चाँदी तोलाको १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको सोही मूल्य कायमै भई कारोबार भइरहेको महासंघले जनाएको छ ।