भारतमा ९ जनामा मंकीपक्स संक्रमण पुष्टि – Himalayan Dainik

भारतमा ९ जनामा मंकीपक्स संक्रमण पुष्टि


भारतमा ९ जनामा मंकीपक्स संक्रमण पुष्टि

नयाँ दिल्लीमा अर्का विदेशी नागरिकमा पनि मंकीपक्स संक्रमण देखिएको छ । योसँगै राजधानी नयाँ दिल्लीमा चार जना विदेशी नागरिकमा मंकीपकस संक्रमण देखिएको छ । पछिल्लो पटक फेला परेकी बिरामी ३१ वर्षीया महिला हुन् ।

उनी भर्खरै विदेश यात्रा गरेकी हुन् वा होइनन् भन्ने खुल्न सकेको छैन । भारतमा अहिलेसम्म ९ जना मंकीपक्सका संक्रमित देखिएका छन् । सबै जना केरला र दिल्लीका हुन् । ती महिलालाई ज्वरो र छालामा समस्या देखिएको छ ।