सबै जना उत्पादनमा जोडिनुपर्छ : अर्थमन्त्री शर्मा – Himalayan Dainik

सबै जना उत्पादनमा जोडिनुपर्छ : अर्थमन्त्री शर्मा


सबै जना उत्पादनमा जोडिनुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौँ  – अर्थमन्त्री जनार्दन शर्माले अहिलेको बजेट उत्पादनमुखी रहेकाले सबै उत्पादनमा जोडिनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

मंगलबार भीमदत्त पन्त स्मृति दिवसको कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । उनले सरकारले ल्याएको बजेट कृषि उत्पादनमा केन्द्रित भएको उल्लेख गर्दै उत्पादनको क्षेत्रमा लाग्न सबैलाई आग्रह पनि गरेका थिए ।

मन्त्री शर्माले कृषिमा आत्मनिर्भरता र औद्योगिक उत्पादनमार्फत आयात प्रतिस्थापन गर्ने बजेटले व्यवस्था गरेको बताए । उनले नेपालमा रहेको श्रम, स्रोत र प्रविधिको एकीकृत परिचालनद्वारा मात्रै नेपाललाई समुन्नत बनाउन सकिने बताए ।

मन्त्री शर्माले भूमिहीनहरूलाई जमिन दिएर, पुँजी नहुनेहरूका लागि पुँजी उपलब्ध गराएर र औजार नहुनेलाई औजार दिएर कृषिमा जोड्नुपर्ने आवश्यकता रहेको बताएका थिए ।