२२ वटा अस्पताललाई १३३ वटा हेमोडाइलासिस मेसिन वितरण – Himalayan Dainik

२२ वटा अस्पताललाई १३३ वटा हेमोडाइलासिस मेसिन वितरण


२२ वटा अस्पताललाई १३३ वटा हेमोडाइलासिस मेसिन वितरण

काठमाडौं –  सरकारले देशभरका विभिन्न २२ वटा सरकारी अस्पताललाई १३३ वटा हेमोडाइलासिस मेसिन वितरण गरेको छ। मिर्गौलाका बिरामीलाई प्रयोग हुने उक्त मेसिन स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले गत आर्थिक वर्षमा खरिद गरी संघ, प्रदेश र स्थानीय तहका अस्पताललाई वितरण गरेको हो।

स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाले नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले सम्बन्धित अस्पतालहरूमा पुगी आवश्यकता पहिचान गरेपछि सोही आधारमा अस्पतालहरूमा मेसिन वितरण गरिएको जनाएको छ।

व्यवस्थापन महाशाखाका अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल)लाई १० सेट, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंलाई ३ सेट, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (चितवन)लाई ४ सेट, भरतपुर अस्पताल (चितवन)लाई ५ सेट, त्रिवि शिक्षण अस्पताल ९महाराजगञ्ज०लाई ४ सेट, नेपाल प्रहरी अस्पताल(महाराजगञ्ज)लाई ४ सेट र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (भक्तपुर)लाई २० सेट मेसिन वितरण गरिएको छ।

यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पोखरा)लाई ५ सेट, भेरी अस्पताल (नेपालगञ्ज)लाई ६ सेट, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान (दाङ)लाई १० सेट, राप्ती प्रादेशिक अस्पताल (तुलसीपुर, दाङ)लाई ८ सेट, कर्णाली प्रादेशिक अस्पताल (सुर्खेत)लाई ४ सेट, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (जुम्ला)लाई ६ सेट, सेती प्रादेशिक अस्पताल (कैलाली, धनगढी)लाई ४ सेट, डडेल्धुरा अस्पताल(डडेल्धुरा)लाई ५ सेट र ग प्राथमिक अस्पताल, (वालिङ, स्याङ्जा)लई ४ सेट गरी १३३ सेट, कोशी अस्पताल (विराटनगर)लाई ६ सेट, इलाम अस्पताललाई २ सेट, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ९धरान०लाई १० सेट, जनकपुर प्रादेशिक अस्पताललाई ३ सेट, गजेन्द्र नारायण निधि सगरमाथा अस्पताल (राजविराज)लाई ५ सेट, नारायणी अस्पताल (वीरगञ्ज)लाई ५ सेट दिएको महाशाखाले जनाएको छ।