उपाधि जितेको खुसियालीमा किरणले राखे प्रेमिकालाई विवाहको प्रस्ताव – Himalayan Dainik

उपाधि जितेको खुसियालीमा किरणले राखे प्रेमिकालाई विवाहको प्रस्ताव


उपाधि जितेको खुसियालीमा किरणले राखे प्रेमिकालाई विवाहको  प्रस्ताव

काठमाण्डौ – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेको खुसियाली मनाउने क्रममा प्रेमिकालाई विवाहको प्रस्ताव राखेका छन् ।

लिगको उत्कृष्ट गोलरक्षक समेत बनेका किरणले टोलीले उपाधिको खुसियाली मनाइरहँदा सबैको सामुन्ने प्रेमिका कञ्चन निरौलालाई विवाहको प्रस्ताव राखेका हुन् ।

किरण र कञ्चन लामो समयदेखि प्रेममा थिए । माल्दिभ्समा किरणले आफ्नो टोली माजिया स्पोर्टस एन्ड रिक्रियसनलाई लगातार तेस्रो सिजन च्याम्पियन बनाउन उच्च प्रदर्शन गरेका थिए । किरणले उत्कृष्ट गोलरक्षकको अवार्ड समेत जितेका छन् ।