विश्वकप २०२६ का लागि नेपालले एसियन छनोटको पहिलो चरण खेल्नुपर्ने ! - Himalayan Dainik

विश्वकप २०२६ का लागि नेपालले एसियन छनोटको पहिलो चरण खेल्नुपर्ने !


विश्वकप २०२६ का लागि नेपालले एसियन छनोटको पहिलो चरण खेल्नुपर्ने !

काठमाडौं – सन् २०२६ को फिफा विश्वकपको लागि एसियन फुटबल महासंघ (एएफसी) ले छनोटको रोडम्याप सार्वजनिक गरेको छ ।

एएफसीको कार्यकारी समितिले आफ्ना सदस्य राष्ट्रसँग छलफल गरेर चार चरण समावेश भएको एसियन क्षेत्रको क्वालिफिकेसन फर्म्याट स्वीकृति गरेको हो । सन् २०२६ को विश्वकपमा ४८ टिम सहभागी हुने छन् । जहाँ एसियाका ८ टिम सिधै छनोट हुने छन् भने एक टिमले अन्तरमहादेशीय प्ले अफ खेल्न पाउने छ ।

एएफसीले सार्वजनिक गरेको फर्म्याट अनुसार २०२६ को विश्वकपको लागि एसियामा चार चरणको छनोट हुनेछ । जसमा नेपालले पहिलो चरणदेखि नै खेल्नुपर्नेछ । पहिलो चरणमा एसियाका २६ देखि ४७ औं वरीयतासम्मका टिमले खेल्ने छन् । एसियामा नेपालको वरीयता ३० भन्दा पछि छ । त्यसैले पनि नेपालले पहिलो चरण खेल्नुपर्ने हुन्छ ।