अभिनेत्री खड्का २७वर्षामा प्रवेश , अनाथ आश्रममा पुगेर मनाइन जन्मदिन – Himalayan Dainik

अभिनेत्री खड्का २७वर्षामा प्रवेश , अनाथ आश्रममा पुगेर मनाइन जन्मदिन


अभिनेत्री खड्का २७वर्षामा प्रवेश , अनाथ आश्रममा पुगेर मनाइन जन्मदिन

काठमाडौं – अभिनेत्री स्वस्तिमा खड्का सोमबार २७ औं जन्मदिन मनाइरहेकी छन् । सन् २०१५ को फिल्म ‘होस्टेल रिटन्र्स’बाट फिल्म करिअर थालेकी उनले एक दर्जन बढी फिल्ममा अभिनय गरेकी छन् ।

उनले यसपटकको बर्थडे भक्तपुरको चाँगुनारायण(४ स्थित अनाथ आश्रममा पुगेर त्यहाँ आश्रित बालबालिकासँग मनाइन् । त्यहाँको तुलसालय आश्रम पुगेर उनले केक काटिन् र बालबालिकालाई केक खुवाइन् । आइतबार बिहानै त्यहाँ पुगेकी स्वस्तिमाले बालबालिकासँग रमाइलो पनि गरिन् ।

स्वस्तिमालाई सामाजिक सञ्जालमा बर्थडे शुभकामना पनि मिलिरहेको छ । फिल्मकर्मीदेखि फ्यानहरुले उनलाई शुभकामना दिइरहेका छन् ।

स्वस्तिमा अभिनित फिल्म ‘चिसो मान्छे’ हालै रिलिज भएको थियो र यसबाट उनले अभिनयको राम्रो प्रतिक्रिया पनि प्राप्त गरेकी छन् । यससँगै उनी अन्य केही फिल्ममा समेत व्यस्त छिन् ।