राष्ट्रपति भण्डारीद्वारा मन्त्रिपरिषद् पुनर्गठन – Himalayan Dainik

राष्ट्रपति भण्डारीद्वारा मन्त्रिपरिषद् पुनर्गठन


राष्ट्रपति भण्डारीद्वारा मन्त्रिपरिषद् पुनर्गठन

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद पुनर्गठन गरेकी छन ।

राष्ट्रपति भण्डारीले मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा केही मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गरिएको छ ।

राष्ट्रपतिको कार्यलयका अनुसार ४ बजे नयाँ मन्त्रीको सपथको समय तय भएको छ । जनता समाजवादी पार्टीले आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाएपछि मन्त्रिपरिषद् पुनर्गठन भएको हो ।

जसमा मृगेन्द्रकुमार सिंह यादवलाई कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी दिइएको छ मोहम्मद इस्तियाक राईलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै प्रदीप यादवलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।