सूर्यविनायक नगरपालिकालाई हेर्नलायक नमुना नगरपालिका बनाउँछु : उपमेयरका उम्मेदवार सरिता तिमसिना भट्टराई – Himalayan Dainik

सूर्यविनायक नगरपालिकालाई हेर्नलायक नमुना नगरपालिका बनाउँछु : उपमेयरका उम्मेदवार सरिता तिमसिना भट्टराई


सूर्यविनायक नगरपालिकालाई हेर्नलायक नमुना नगरपालिका बनाउँछु : उपमेयरका उम्मेदवार सरिता तिमसिना भट्टराई

भक्तपुर – यही बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले सूर्यविनायक नगरपालिकाको उपप्रमुखमा सरिता तिमसिना भट्टराईलाई उम्मेदवार बनाएको छ । २०२७ सालमा बुवा रामकृष्ण राज तिमसिना र आमा अन्जला तिमसिनाको दोस्रो सन्तानका रुपमा पाँचथरको सुवाङ्गमा जन्मिएकी भट्टराईको बाल्यकाल विराटनगरमा बित्यो । स्कुल र क्याम्पस सम्मको अध्ययन उनले विराटनगरबाट नै गरिन । अर्थशास्त्रमा स्नातक गरेकी सरिता सानै बेलादेखि सामाजिक कार्यमा रुची राख्थिन् ।

२०६४ सालमा भक्तपुरवाट नेकपा एमालेको सदस्यता लिएकी सरिता हाल भक्तपुर जिल्ला कमिटि सदस्य छिन् । वालकोट वडा कमिटी अध्यक्ष , वुद्धीजिवी परिषद भक्तपुर जिल्ला कमिटी सदस्य , अखिल नेपाल किसान महासंघ , उपत्यका सहकारी विभाग सदस्य, सँगै हाल करिव १४ हजार सहकारी संस्था आवद्ध रहेको राष्ट्रिय सहकारी बैकको सञ्चालकको जिम्मेवारीमा सरिता कार्यरत छिन् ।

२०६२ सालदेखि बालकोट भक्तपुरमा महिला अभियान बचत तथा ऋण सहकारी संस्थाको शुरुवात गरेपछि सहकारीका माध्यमबाट धेरै महिलालाई आर्थिक रुपमा सक्षम बनाउन उनले भूमिका खेलिन् । महिलाको क्षमता विकाससँगै आर्थिक रुपमा सम्पन्न बनेपछि उनमा पनि उत्साह थपियो । हाल राष्ट्रिय सहकारी बैकको सन्चालक भएर देशैभरिका सहकारीका अभियानमा उनी सक्रिय छन् ।

‘सहकारीमार्फत महिलालाई आर्थिक निर्भर गराए, अब सूर्यविनायक नगरपालिकालाई नमुना सहर बनाउछु ।’ उपमेयरका उमेदवार सरिताले भनिन् । सहकारीमार्फत उत्पादनसँग जोड्न, व्यवसायसँग जोडन र नेतृत्व विकास गर्न आफुलाई राम्रो ज्ञान प्राप्त भएको उनले सुनाईन् । सहकारीमार्फत काम गर्दा स्थानीय तहका जनताको समस्या आफुलाई राम्रोसँग जानकारी भएकाले पनि म जनप्रतिनिधि भए भने उनीहरुका माग सम्बोधन गर्न सक्छु भन्ने आँट आएको छ, सरिताले भनिन् । सुर्यविनायक नगरपालिकालाई हेर्न लायक नमुना नगरपालिका बनाउन र सहकारी आन्दोलनसँगै महिलाका एजेन्डालाई सम्बोधन गर्न आफूले उपमेयरको पदमा उम्मेदवारी दिएको उनको तर्क छ ।