खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको कार्यत्रम सम्पन्न – Himalayan Dainik

खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको कार्यत्रम सम्पन्न


खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको कार्यत्रम सम्पन्न

चुडामणि पौडेल
काठमाडौं – काठमाण्डौंमा खप्तड क्षेत्रको विकासका लागि महत्वपूर्ण छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमा माननीय मन्त्री ज्यूहरु, सचिव ज्यूहरुसहित सार्वजनिक क्षेत्र, निजि क्षेत्र, विकास साफेदार संस्थाहरु र राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुको सहभागीता रहेको थियो ।

खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजना भएको कार्यक्रममा मुख्य अतिथि संघीय सरकारका माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले ज्यू हुुनुहुन्थ्यो भने, विशेष अतिथि सुदूरपश्चिम प्रदेश सरकारका माननीय आर्थिक मामिला मन्त्री तारा लामा तामाङ हुनुहुन्थ्यो । कार्यक्रमको अध्यक्षता खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष श्री हर्क बहादुर सिंहले गर्नु भएको थियो ।

खप्तड क्षेत्रको पूर्वाधार विकास र पर्यटन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाका राजधानीमा उपलब्ध माननीय सांसदहरु, नेपाल लगानी बोर्डका कार्यकारी अधिकृत, राष्ट्रिय योजना आयोगका सचिव, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक, साझेदार संस्थाहरुः विश्व बैंक, एशियाली विकास बैंक, युरोपियन यूनियन, ईसिमोड, डब्लुडब्लुएफ लगायत संस्थाहरुका प्रतिनिधि, केजिएच गु्रप, नेपाल होटल एसोसिएसन, पर्यटन क्षेत्रमा कार्यरत अन्तराष्ट्रिय संस्था पाटा, पर्यटन क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तित्वहरु, पत्रकार, धार्मिक तथा आध्यात्मिक महानुभावहरुको सक्रिय सहभागिता रहेको थियो । सम्भवतः राष्ट्रिय तहमा यति विशिष्ट ब्यक्तिहरुबीच एकै थलोमा खप्तड क्षेत्रको विकासका लागि गहन छलफल भएको पहिलो पटक हो ।

विज्ञहरुका विभिन्न विचार तथा सुझावपश्चात पर्यटनमन्त्री प्रेम आलेज्यूले खप्तडलाई ध्यान केन्द्र बनाउने घोषणा गर्नु भएको छ । प्रदेशका आर्थिक मामिला मन्त्री तारा लामा तामाङ्गले संघ, प्रदेश, स्थानीय सरकार र दातृसंस्थाहरुको सयूक्त साझेदारीमा खप्तड क्षेत्रको विकासका लागि योजना अघि बढाउने प्रतिवद्धता गर्नु भएको छ ।

सो कार्यक्रममा खप्तड क्षेत्रको पर्यटन विकासका लागि उपयुक्त योजनाका साथ आर्थिक श्रोतको विनियोजनमा जोड दिने, खप्तडलाई ध्यान केन्द्रको रुपमा विकास गर्ने, पर्यटन प्रवद्र्धन र पूर्वाधारमा लागानी गर्ने तथा त्यस क्षेत्रका विकासमार्फत समग्र सुदूरपश्चिमको आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउने विविध कार्यक्रमहरु सञ्चालन गर्नेमा जोडदार प्रतिवद्धताहरु प्रस्तुत भएका छन् ।

छोटो समयको खबरका बावजुद खप्तड विकासका लागि आफ्नो मुल्यवान समय उपलब्ध गराउने प्रवुद्ध महानुभावहरुप्रति आभार प्रकट गर्दै यस क्षेत्रको विकासका लागि आआफ्नो स्थानबाट योगदान गर्नुहुने विश्वास ब्यक्त गर्नुभएको छ।