"फिक्का प्रेम" - Himalayan Dainik

“फिक्का प्रेम”


“फिक्का प्रेम”

अक्सर,
अप्ठ्यारोमा भेटिएकाहरु अप्ठ्यारोमै छुटिन्छ्न ।
मुस्किलले भेटिएकाहरुलाइ बिर्सन मुस्किल रहेछ ।
अमुल्य नठानेकै कुराहरु मुल्यवान साबित हुन्छन ।
जस्तो समय र प्रेम !!
हुँदा सस्तो ,नहुदा कस्तो कस्तो ।
सबै पुगेर पनि नपुगे जस्तो
रंगिन भएर पनि फिक्का फिक्का जस्तो ।

म त्यहीँ फिक्का प्रेममा रमाइरहेको प्रेमी हु
फेरि, रमाउनु एकादेश भैसक्यो
त्यो कारण तिमी थियौ ।

तिमी आफैले भन्थ्यौ
” जसले तिमीलाइ प्रेम गर्छ ,तिमीले उसैलाई गर्नु ”
त्यहीँ कुरा तिमीले किन बुझिनौ??
थप्दै जान्थ्यौ ” म भन्दा राम्री पाउने छौ ”
राम्री ???
म राम्रीलाई कुन अर्थले बुझौ ?
हुन त प्रेममा अर्थ खोज्ने प्रेमी हैन ।

राम्री ?? तिमी भन्दा सुन्दर हो ?
तिमी भन्दा पढेकी हो ?
तिमी भन्दा नैतिकवान हो ?
कि तिम्रो परिवार भन्दा उच्च परिवारिकी ??
राम्री कसलाई भनिन्छ ,त्यो कहिल्यै भनिनौ ?

सबैसबैले कौसिको गमलामा फूल नै रोप्छन र ?
कसैकसैले त उनिउ पनि सझाएका हुन्छन ।
तिमी उनिउ नै हौ भने पनि
सुवास र सौन्दर्य बिनाको
म त्यो उनिउलाइ सझाउछु ।
किनकी ,सुवास र सौर्न्दर्य एकदिन बिलिन हुन्छ
फिक्का न होस म अजम्बरी चाहान्छु ।
फेरि उनिउको पनि त आफ्नै अस्तित्व छ
आफैमा सुन्दर छ।

मलाई तिमी जस्तै चाहिएको हुँदै हैन
तिमी चाहिएको हो
मलाई हिरा चाहिएको हैन
मेरो मुटुको शुद्ध रक्तसञ्चार गर्ने
शिरा चाहिएको हो ।
फिक्का नै होस तर अजम्बरी चाहिएको हो ।
र त म त्यहीँ फिक्का प्रेममा रमाइरहेको प्रेमी हु ।

ईन्द्र रोकाय