कांग्रेसको १४औं महाधिवेशन भृकुटीमण्डपमा (फोटो फिचर) – Himalayan Dainik

कांग्रेसको १४औं महाधिवेशन भृकुटीमण्डपमा (फोटो फिचर)


कांग्रेसको १४औं महाधिवेशन भृकुटीमण्डपमा (फोटो फिचर)

काठमाडौं – प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको १४औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको छ ।

निर्धारित समयभन्दा करिब डेढ घण्टा ढिलो गरी भर्खरै महाधिवेशनको औपचारिक समारोह शुरू भएको हो । पार्टीका स्वर्गीय नेताहरू वीपी कोइराला, सुवर्ण शमशेर, गिरिजा प्रसाद कोइराला र सुशील कोइरालालगायत नेताहरूको तीस्वीरमा मल्यार्पण गरेर १४औं महाधिवेशनको उद्घाटन समारोह शुरू गरिएको हो ।

महाधिवेशनमा देशका ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संघसंस्था तथा विदेशबाट गरी ४ हजार ७०० जना महाधिवेशन प्रतिनिधि सहभागी भएको छ ।

पार्टीको नेतृत्वका लागि भने भोलि शनिबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । तर, सभापतिका उम्मेदवार शेरबहादुर देउवा र प्रकाशमान सिंहले उम्मेदवारी दिने बताए पनि समूह भने निर्माण भइसकेको छैन । त्यस्तै अर्को ठूलो समूह रामचन्द्र पौडेल पक्षले पनि उम्मेदवार तय गर्न सकिरहेको छैन ।

महाधिवेशन उद्घाटनका लागि भृकुटीमण्डपमा २५० जना अट्ने मञ्च बनाएको छ । त्यस्तै एक हजार जना स्वयंसेवक परिचालन, तीन घेराको सुरक्षा प्रबन्धलगायत व्यवस्था महाधिवेशनमा गरिएको छ