चीनमा हुने टेनिस प्रतियोगिता स्थगित – Himalayan Dainik

चीनमा हुने टेनिस प्रतियोगिता स्थगित


चीनमा हुने टेनिस प्रतियोगिता स्थगित

काठमाडौं – विश्वभर महिला टेनिसलाई नियन्त्रण गर्ने संस्था महिला टेनिस एशोसिएसनले चीनमा हुने सबै टुर्नामेन्ट तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

चिनियाँ टेनिस खेलाडी पेङ सुआईको सुरक्षामा चिन्ता व्यक्त गर्दै एशोसिएसनले प्रतियोगिताहरु स्थगित गर्ने निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार महिला डबल टेनिसकी पूर्व नम्बर १ खेलाडीसमेत रहेकी पेङले नोभेम्बर २ मा चीनका एकजना भूतपूर्व उपप्रधानमन्त्री झाङ गाओलीमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । त्यसयता ३५ वर्षीया पेङ कुनै पनि सार्वजनिक स्थानमा देखिएकी छैनन् ।

पेङको अवस्था सार्वजनिक गर्न भन्दै विश्वव्यापी दबाब बढिरहेको छ । यस्ता बेला उनलाई सुरक्षा खतरा हुने आँकलनका साथ खेल नै स्थगित गरिएको बताइएको छ ।