कोरोना संक्रमित प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज – Himalayan Dainik

कोरोना संक्रमित प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज


कोरोना संक्रमित प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज

काठमाडौं – कोरोना भाइरस संक्रमित भएपछि उपचाररत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आज शुक्रबार डिस्चार्ज भएका छन् ।

कोरोनाभाइरस संक्रमित भएपछि १३ मंसिरमा अस्पताल भर्ना भएका प्रधानन्यायाधीश जबरा पाँचौँ दिनमा शुक्रबार डिस्चार्ज भएका उपचाररत अस्पताल नेपाल एपीएफ अस्पतालले जानकारी दिएको छ ।

१३ मंसिरदेखि यस अस्पतालमा कोभिड–१९ निमोनियाको लागि उपचाररत रहेका प्रधानन्यायाधीश जबरा १७ मंसिर बिहान साढे ९ बजे स्वास्थ्य लाभ गरी डिस्चार्ज भएका अस्पातलले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।