स्व : खरेलको परिवारको सहयोगार्थ अमेरिकाबाट ५ लाख १५ हजार रुपैया सहयोग – Himalayan Dainik

स्व : खरेलको परिवारको सहयोगार्थ अमेरिकाबाट ५ लाख १५ हजार रुपैया सहयोग


स्व  : खरेलको परिवारको सहयोगार्थ अमेरिकाबाट ५ लाख १५ हजार रुपैया सहयोग

काठमाडौं – नेपालमा सवारी दुर्घटनामा निधन भएका चिकित्सक स्व दीपक खरेलको परिवारको सहयोगार्थ अमेरिकाबाट ५ लाख १५ हजार ९ सय ५५ रुपैया नेपाल पठाईएको छ ।

२७ बर्षिय स्व खरेल कपिलवस्तु सामुदायिक अस्पतालमा चिकित्सा अधिकृतको रूपमा कार्यरत थिए भने उनि भाइटीकाको दिन दुर्घटनामा परेको केही दिनमा उनको निधन भएको थियो ।

उनि अस्पतालमा आफ्नो काम सकेर दिउँसो दिदी-बहिनीबाट भाईटीका लगाउन घर गएका थिए। उनि अर्का व्यक्तिसंग पछाडी बसेर मोटरसाइकल (भटभटे)मा गएका थिए ।

स्व चिकित्सक खरेल कार्तिक २१ गते सडक दुर्घटनामा परी गम्भीर घाइते भएका थिए। टाउको र घाँटीमा चोट लागेका उनको बुटवलको एक अस्पतालमा लगिएको थियो। तर त्यहाँ उपचार संभव नभएपछि  काठमाडौंको मेडिसिटी अस्पतालमा लैजान सिफारिस गरिएको थियो। आर्थिक स्थिति कमजोर भएका कारण उनलाई ट्रमा सेन्टरमा सिफारिस गरिएको थियो ।

स्व खरेल कोरोनाभाइरसको महामारी सुरू भएपछि कपिलवस्तु सामुदायिक अस्पतालमा काम गर्न थालेका थिए। स्व खरेलले जोरपाटीको नेपाल मेडिकल कलेजबाट एमबिबिएस गरेका थिए।

सोही महाबिद्यालय(कलेज)बाट एमबिबिएस सकेकी उनि भन्दा वरिष्ठ( सिनियर )चिकित्सक एन्जिला थापाले खरेलको उपचारमा सघाउन र पारिवारिक आर्थिक स्थिति देखेर अमेरिकाको भर्जिनियामा रहेकी थापाले गोफन्डमीमा खाता खोलेकी थिइन् ।

चिकित्सक थापाले गोफन्डमीमा स्व खरेलको खर्च जुटाउन १० हजार लक्ष्य राखेकी थिइन् । गोफण्डमिमा संचालन टोलीमा चिकित्सक स्वयम एन्जिला थापा ,कृष्ण बर्तौला तथा चन्द्र लामा रहेका छन् । रकम कृष्ण बर्तौलाले शंकर खरेललाई गत नोभेम्बर ३० का दिन पठाएका थिए ।

चन्द्र लामा,कृष्ण बर्तौला तथा एन्जिला  थापा 

गो फन्ड खाता खोल्ने चिकित्सक थापाले सबैलाई बिशेष धन्यबाद दिएकी छिन । १० हजार डलरको लक्ष्य राखिएता पनि कुल ४ हजार ४ सय ९ डलर संकलन भएको थियो भने नेपाल पठाउदा ५ लाख १५ हजार रुपैया पठाईएको थियो ।

उक्त रकम स्व चिकित्सक खरेलका दाई शंकर खरेललाई पैसा हस्तान्तरण गरिएको छ । स्व खरेलका भाइ कपिलवस्तु मोतिपुर ७ बसोबास गर्छन । उनलाई उक्त रकम १३ औ दिनको पुन्य तिथीमा रकम हस्तान्तरण गरिएको चिकित्सक थापाले बताइन ।

शंकर खरेल

एन्जिलाले ईनेप्लिजसंग पुन स्मरण गराउदै उनले भनिन ,एक सामान्य परिवारका स्व खरेलको आर्थिक स्थिति निकै दयनीय छ । उनलाई अमेरिका आफू भएको समयमा सानो पहल गर्दा ५ लाख रकम संकलन गर्न सकिएकोमा हर्ष लागेको बताइन । यी पनि एउटा समाज सेवा हो ,उनले थपिन ।

उनका परिवार/बुवाआमालाई धेरै आर्थिक बोझ परेको कुराले आफूलाई निकै चिन्तित तुल्याएको थियो । चिकित्सक बन्न एउटा निजी महाबिद्यालय(कलेज)मा पढ्न ४०-५० लाख तिरेर पढेको छोराको निधनले अर्को आर्थिक समस्या निम्त्याएकोले केही सहयोग गर्न मन लागेकोले सबैलाई आग्रह गर्दा ५ लाख उठ्यो। यो रकमले केहि माने राख्ने बताइन ।

ऋण लिएर पढ्नु पर्ने र ऋण लिएको सबै जिम्मेबारी बुवाआमाको थाप्लोमा आउने भएकोले गो फन्डमीमा स्व खरेलका मातापितालाई केही आर्थिक सहयोग होस् भन्ने उद्धेश्यले सबैलाई सहयोगको आह्वान थापाले गरेकी थिइन् ।

ईनेप्लीज डट कम