महामारीले अमेरिकामा अपराध बढाएको राष्ट्रपति कार्यालयको भनाइ – Himalayan Dainik

महामारीले अमेरिकामा अपराध बढाएको राष्ट्रपति कार्यालयको भनाइ


महामारीले अमेरिकामा अपराध बढाएको राष्ट्रपति कार्यालयको भनाइ

काठमाडौं – अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले अपराध बढ्नुमा कोरोनाभाइरस वैश्विक महामारी भएको जनाएको छ ।

अमेरिकामा संगठित समूहले चोरी डाँका जस्ता अपराध बढेकोमा मूल कारण कोभिड–१९ वैश्विक महामारी भएको प्रेस सेक्रेटरी जे साकीले जनाएकी छिन् ।

साकीले भनिन् “मूल कारण भनेको वैश्विक महामारी हो ” अमेरिकामा कानुन व्यवस्था कमजोर भएर लुटपाट बढ्नुमा के कारण भएको भनी सोधिएको प्रश्नको जवाफमा उनले यस्तो जवाफ दिएकी हुन् ।

तर उनले कोभिड–१९ कारण भएको विषयलाई व्याख्या गरिनन् । क्यालोफोर्नियलगायतका राज्यमा विलासी वस्तुका पसलहरूमा चोरीका घटना सार्वजनिक भएका छन्।

गत महिना सिकागोमा चोरहरूको एक समूहले डिजाइनरबाट १लाख २० हजार अमेरिकी डलर भन्दा बढी रकम लुटी भागेको थियो ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेट्सको नीति प्रहरीलाई तिनको काम गर्नबाट रोकिरहेको आरोप लगाएका छन् ।

साकीले यसबारे जवाफ दिँदै भनिन् “ ट्रम्प प्रशासनले दिएको सुविधा बाइडन प्रशासनले बढीदिएको बताइन् । यसमा बन्दुके संस्कृतिमा आएको वृद्धि सँगै महामारी दोषी छ ।”