आजको मौसम – Himalayan Dainik

आजको मौसम


आजको मौसम

काठमाडौँ – देशका विभिन्न भागमा आज पनि हिमपात र वर्षा हुने भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहँदा सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी र हिमाली भू–भागका धेरै स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ ।

आज राति कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहनेछ । देशका बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना विभागले जनाएको छ ।

देशको उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी र हिमाली भू–भागका धेरै स्थानमा मध्यमदेखि भारी हिमपात सम्भावना रहेको र देशभर चिसो बढ्ने क्रममा रहेकाले पर्वतारोहण, हवाई तथा यातायातलगायत दैनिक जनजीवनमा असर पर्न सक्ने देखिएकाले आवश्यक सुरक्षा र सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

आज बिहान ६ बजे काठमाडौँको तापक्रम ११.० शून्य डिग्री शेल्सियस रहेको तापक्रम दिउँसो १९–२१ डिग्री सेल्सियससम्म पुग्ने विभागले जनाएको छ ।