मिलन नेवारको नयाँ गीत ‘सपना हजार’ सार्वजनिक – Himalayan Dainik

मिलन नेवारको नयाँ गीत ‘सपना हजार’ सार्वजनिक


मिलन नेवारको नयाँ गीत ‘सपना हजार’ सार्वजनिक

काठमाडौं – नेपाली सांगितिक बजारमा नयाँ–नयाँ सृजना सार्वजनिक हुने क्रममा भर्खरै चर्चित गायिका तथा द भ्वाइस अफ किड्स की कोच मिलन नेवारको आवाजमा रहेको ‘सपना हजार’ गीतको भिडियो सार्वजनिक भएको छ ।

उक्त गीतमा अरुणा रुम्बाको शब्द, राजेश थापाको संगीत तथा निरोज लामाको एरेन्ज रहेको छ । मायामा सँगै जिउने मर्ने कसम खाएका जोेडिको मनोभावलाई गीतमा समावेश गरिएको छ ।

प्रेम र रोमान्सको भाव समेटिएको उक्त गीत आम दर्शक तथा स्रोताको मनमा बस्ने कुरामा आफु आशावादी रहेको गायिका मिलनले बताइन् ।