चलचित्र प्रदर्शनअघि ‘ओभरडोज’का अभिनेता नेपाल भित्रिए – Himalayan Dainik

चलचित्र प्रदर्शनअघि ‘ओभरडोज’का अभिनेता नेपाल भित्रिए


चलचित्र प्रदर्शनअघि ‘ओभरडोज’का अभिनेता नेपाल भित्रिए

काठमाडौं – आफू अभिनित चलचित्र प्रदर्शनमा आउनु केही दिनअघि ‘ओभरडोज’का अभिनेता प्रनिशराज पन्त नेपाल आएका छन् ।

अध्ययनको शिलशिलामा विगत ७ वर्षदेखि अमेरिका बस्दै आएका पन्त चलचित्र प्रदर्शनको पूर्वसन्ध्यामा नेपाल आएका हुन् । भोलि शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ओभरडोज’लाई दर्शकले अत्यन्त रुचाउने उनले बताएका छन् ।

अमेरिका बस्ने दुई जना नेपाली युवाको कथा समेटिएको ‘ओभरडोज’ अमेरिकामै छायाँकन गरिएको हो । सुमन पौडेलको कथा एवम् निर्देशन रहेको चलचित्रमा ड्रग्स र अपराधको कथा देखाउन खोजिएको छ ।

अभिनेता पन्तले चलचित्रमा फ्रेण्डशीप र धोकाको कथा पनि देखाईएको बताए ।

चलचित्रमा प्रनिशराजसँगै सविनजंग थापा, बिना श्रेष्ठ, सदीक्षा कार्की लगायतको अभिनय छ । दादा प्रोडक्सन हाउसको व्यानरमा निर्माण भएको चलचित्रको निर्माता जीवनकुमार केसी हुन् ।

गुच्ची भाइको छायांकन रहेको चलचित्रलाई साजन कार्कीले सम्पादन गरेका छन् । चलचित्रलाई जीजीए ग्रुपले उपत्यका र एफडी कम्पनीले उपत्यकाबाहिर वितरण प्रदर्शन गर्न लागेको हो ।