दूधको मूल्य प्रतिलिटर ५ देखि १० बढाउने सरकारको तयारी – Himalayan Dainik

दूधको मूल्य प्रतिलिटर ५ देखि १० बढाउने सरकारको तयारी


दूधको मूल्य प्रतिलिटर ५ देखि १० बढाउने सरकारको तयारी

काठमाडौं,१५ मंसिर – पछिल्लो सयम सबै खाद्य बस्तुको मूल्य वृद्धि भइरहेको छ । अब सरकारले दूधको पनि मूल्य वृद्धि गर्ने तयारी भइरहेको छ । केन्द्रीय दुग्ध उत्पादक सहकारी र निजी क्षेत्रको प्रस्ताव अनुसार नै दूग्ध विकास बोर्डले दूधको मूल्य वृद्धि गर्न लागको हो ।

जस अनुसार कृषले दूध उत्पादन गर्दा कति खर्च लाग्छ भन्ने हिसाव अनुसार नै नयाँ मूल्य तोक्नका लागि छलफल भइरहेको छ । कृषिका लागि आवश्यक पर्ने सबै बस्तुको हाल मूल्य वृद्धि भएको अनुपातमा नयाँ मूल्य निर्धारण हुने बताइएको छ। लागत हेरेर दूध प्रतिलिटर ५ देखि १० रुपैयाँसम्म मूल्य वृद्धि हुनेछ ।