अष्ट्रेलियाको नर्थ सिड्नी काउन्सिलर चुनावमा अन्जनाको उम्मेदवारी – Himalayan Dainik

अष्ट्रेलियाको नर्थ सिड्नी काउन्सिलर चुनावमा अन्जनाको उम्मेदवारी


अष्ट्रेलियाको नर्थ सिड्नी काउन्सिलर चुनावमा अन्जनाको उम्मेदवारी

अष्ट्रेलिया – पछिल्लो समय प्रबासमा रहेका नेपालीहरूले कर्मभूमिको मूल राजनितिमा पनि आफ्नो संलग्नता बढाउने क्रममा डिसेम्बर ४ तारिखमा अष्ट्रेलियाको न्यु साउथ वेल्समा हुन लागेको स्थानीय निकायको निर्वाचनमा अन्जना बस्नेत कार्कीले नर्थ सिड्नी काउन्सिलमा आफ्नो टिमको नाम एली राखेर ५ जनाको समूह नै बनाएर काउन्सिलर पदका लागि स्वतन्त्र उमेदवारी दिएकी छिन् ।

अन्जनाको समुहबाट काउन्सिलर पदका उमेदवारी दिनेहरूमा एलि प्रिभोष्ट, क्यान्डीस बोथ, मेलिन्डा स्मिथ र मिसेल लिंगम छन । पाँच जनाको यो समूहमा अन्जना दोस्रो नम्बरमा छिन जस्को अर्थ हो सो समूहको उम्मेदवारीमा प्राथमिकताका दृष्‍टिकोणले उनी दोश्रोमा छिन् ।

नर्थ सिड्नी काउन्सिलमा १० काउन्सिलर पदका लागि निर्वाचन हुन लागेकोमा यो समूहले नर्थ सिड्नीको दुइ वडामध्ये क्यामरगेल वडामा उम्मेदवारी दिएको हो ।

सन् २००६ देखि नर्थ सिड्नीमा स्थाई रुपले बस्दै आएकी काठमाण्डौमा जन्मिएकी अन्जनाले स्थानिय लिभरल पार्टीको विमन काउन्सिल र गैरआवासिय नेपाली संघको नारी निकुञ्जमा प्रभाबकारी भूमिका गरिसकेकी छिन् ।

सन् २००६ मा अकान्टिङमा स्नात्तकोत्तर पढ्न अष्ट्रेलिया आएकी अन्जना अष्ट्रेलियाको लिबरल पार्टीमा बिगत चार बर्षदेखि आबद्ध रहंदै आएकी र हिमानी कोष अष्ट्रेलियाकी संस्थापक एबं बर्तमान अध्यक्ष समेत हुन र उन्ले स्थानिय समुदायको समस्या र चाहनालाई नजिकबाट बुझेकी छिन् ।

उनी अष्ट्रेलिया दोलखा समाजकी सदस्य, नेप्लिज अष्ट्रेलियन डेमोक्रेटिक फोरमकी सोसल एण्ड कल्चरल कोर्डिनेटर र रोटरी क्लबको महासचिब र अन्तराष्ट्रिय निर्देशक हुन भने उलवर्थ कम्पनीमा उन्ले लिडरशिल मैनेजरको भूमिका पनि निर्बाह गरिसकेकी छिन् ।

लुम्बिनी(कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज ुइनासु का विस्व सल्लाहकार रामकुमार श्रेष्ठ, जन सम्पर्क समिति अस्ट्रेलियाका अध्यक्ष बिनित शर्मा, गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको भिक्टोरिया राज्यका संयोजक हरी खड्का, भिक्टोरियन बहुसांस्कृतिक आयोगको बारवन साउथ वेष्ट रिजनका तर्फबाट २०१९–२१ का सल्लाहकार एबं सामाजिक अभियन्ता ज्ञानेन्द्र उप्रेती, दिदी(बहिनी समाज भिक्टोरियाकी अध्यक्ष डा जमुना पराजुलीले एउटी अत्यन्तै सकृय नेपाली मूलकी अन्जना बस्नेतको यो उम्मेदवारीमा उनलाई जितको लागि शुभकामना ब्यक्त गरेका छन ।