ट्रुकलरमा रहेको गलत नाम कसरी हटाउने ? – Himalayan Dainik

ट्रुकलरमा रहेको गलत नाम कसरी हटाउने ?


ट्रुकलरमा रहेको गलत नाम कसरी हटाउने ?

स्मार्टफोनको विकाससँगै यसमा प्रयोग हुने एप्लिकेसनहरूले हाम्रो आवश्यकताहरू सजिलै पुरा गर्ने गरेका छन् । यस्तै हामीलाई नम्बर खोज्न तथा कसैको नम्बर थाहा पाउन ट्रुकलरले निकै सहयोगी भूमिका खेल्ने गरेको छ । ट्रुकलरको सहायताले कसैको फोन आउँदा सेभ नभएको नम्बरसमेत नामसहित आउँछ ।

कतिपय अवस्थामा भने ट्रुकलरमा गलत नाम सेभ हुँदा समस्या समेत पर्ने गरेको देखिन्छ । तपाईंलाई पनि ट्रुकलरमा गलत नाम सेभ भएको छ र त्यसलाई परिवर्तन गर्न चाहानुहुन्छ भने तल यसबारेमा जानकारी दिइएको छ ।

ट्रुकलरले कसरी तपाईंको नम्बर चिन्छ ?

हामी कतिपयलाई लाग्ला म ट्रुकलर चलाउँदिन तैपनि मेरो नाम कसरी ट्रुकलरमा देखाउँछ ? ट्रुकलर तपाईंले प्रयोग नगर्दैमा तपाईंको नम्बर त्यसमा नहुने भन्ने हुँदैन । जब कुनै प्रयोगकर्ताले तपाईंको नम्बर उसको फोनमा सेभ गर्छ ट्रुकलरले त्यहीबाट तपाईंको नम्बर र सेभ भएको नाम आफ्नो डाटावेसमा पठाउँछ । अनि जब कुनै व्यक्तिले तपाईंलाई फोन सम्पर्क गर्छ इन्टरनेट एक्टिभ भएको अवस्थामा तपाईंको नम्बर डाटावेसबाट त्यसमा देखाउँछ । यसले गर्दा तपाईंले ट्रुकलर नचलाउँदा पनि तपाईंको नम्बर र नाम ट्रुकलरमा देखाउँने हुन्छ । कतिपय प्रयोगकर्ताले नम्बर गलत नाममा वा तपाईंको जिस्काउने नाममा सेभ गरेका पनि हुन सक्छन् । गलत नाममा सेभ भएका नम्बरलाई पनि तपाईं सजिलै परिवर्तन गर्नसक्नुहन्छ ।

कसरी परिवर्तन गर्ने त ट्रुकलरको नाम ?

तपाईंको नाम गलत नाममा सेभ भएको छ भने यसका लागि तपाईंले आफैं परिवर्तन गर्न सक्नुहुन्छ । पहिला ट्रुकलरमा नम्बर खोजेर हेर्नुहोस् । अब गलत नाम छ भने ट्रुकलरमा नाम परिवर्तनको लागि तपाईंसँग दुईवटा विकल्प रहेका छन् । प्रथमत: तपाईंले ट्रुकलर डाउनलोड गरी आफैंले यसमा आफ्नो नाम सच्याउन सक्नुहुन्छ । तपाईंले ट्रुकलर डाउनलोड पश्चात त्यसमा जिमेल तथा फेसबुक मार्फत लगइन गर्नुहोस् । जब तपाईंले आफ्नै अकाउन्टमार्फत लगइन गर्नुहुन्छ त्यसपछि तपाईंलाई अन्य प्रयोगकर्ताले खोज्दा एक ब्लु टिकमार्फत भेरीफाइड भएको देखाउँछ ।

दोस्रो विकल्पमा यदि तपाईंसँग स्मार्टफोन छैन भने तपाईं आफ्ना साथीको ट्रुकलरमा तपाईंको नम्बर सेभ नगरी सर्च गर्न लगाउनुहोस् । गलत नाम छ भने त्यहाँ नामसँगै एक परिवर्तन गर्न मिल्ने विकल्पदेखा पर्छ । त्यस विकल्पमा गएर तपाईंको सही नाम राख्नु लगाउँनुहोस् । यसको केही समयपछि तपाईंको गलत नाम परिवर्तन भइ तपाईंले राखेको नाम आउनेछ ।

ट्रुकलरमा रहेको नाम कसरी हटाउने ?

ट्रुकलर डाटाबाट आफ्नो नाम परिवर्तन गर्न चाहानुहुन्छ भने यसका लागि तपाईंले आफ्नो अकाउन्ट डियाक्टिभेट गर्नुहोस् । यसले तपाईंको डाटा ट्रुकलरबाट हटाउनेछ । यसका लागि एप्समा रहेको प्राइभेसी सेटिङमा गएर गर्नसक्नुहन्छ । ट्रुकलरले तपाईंको फोनबुकमा भएको नम्बर स्क्यान गरेर डाटावेसमा राख्ने भएकाले यसमा पहुँच नदिनु नै राम्रो हो । सकेसम्म कुनै पनि एप डाउनलोड गरेर इन्टल भएर खोल्दा यसले विभिन्न अनुमति माग्ने गरेको पाइन्छ । जस्तै तपाईंको फोनबुक, इमेल एक्सेस आदि मागेको हुन्छ त्यसकारण अनुमति दिने बेला यसलाई चाहिने एक्सेसमात्र दिनुहोस् । कतिपय एप्सले तपाईंको फोनमा भएको अन्य गतिविधिमा पनि नजर राखेका हुन्छन् ।