एमाले अध्यक्ष ओली झापा पुगे – Himalayan Dainik

एमाले अध्यक्ष ओली झापा पुगे


एमाले अध्यक्ष ओली झापा पुगे

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन् । लेखराज भट्टलगायतका पार्टिका नेताहरुका साथ अध्यक्ष ओली मध्याह्न १२ बजे गृहनगर झापा पुगेका हुन् ।

एमालेको वडा अधिवेसन सकिएको भोलिपल्ट झापा पुगेका ओली तीन दिन प्रदेश १ मा रहने भएका छन् । ओलीले अहिले केहिबेरमा बिर्तामोडमा माओवादी कार्यकर्तालाई एमालेमा स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि धुलाबारीमा कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

भोलि गौरादह नगरपालिका–५ महारानीझोडामा साना किसान महिला सहकारी संस्थाले निर्माण गरेको पाहुना घरको उद्घाटन कार्यक्रम सम्पन्न गरेपछि ओलीले त्यसपछि गौरीगञ्ज बजारमा दसैँतिहार, छठको शुभकामना आदनाप्रदान कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

भूमिगत कालमा बिताएका सहकर्मीहरूसँग भेटघाट गरी पर्सि ९ गते पार्टी नेताहरूसँग छलफल गरेर काठमाडौं फर्कने कार्यतालिका छ ।