शेयर बजारमा सर्किट ब्रेक, ४० मिनेटका लागि बन्द – Himalayan Dainik

शेयर बजारमा सर्किट ब्रेक, ४० मिनेटका लागि बन्द


शेयर बजारमा सर्किट ब्रेक, ४० मिनेटका लागि बन्द

काठमाडौँ – आज शेयर बजार परिसूचकमा ठूलो गिरावट आएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार स्थगित गरेको छ ।

पहिलो दुई घण्टा भित्र ५ प्रतिशत भन्दा बढीले बजार घट्दा ‘सर्किट ब्रेक’ लगाएर  ४० मिनेट कारोबार बन्द हुने प्रावधान रहेको छ । १ बजेसम्म १४७.३१ अंकले बजार घटेको छ । यो ५.०३ प्रतिशतको गिरावट हो । यो इतिहासकै सबैभन्दा ठूलो गिरावट हो । यसअघि एकै पटक १२४ अंकसम्म घटेको रेकर्ड रहेको छ । अहिले बजार २७७९.६८ विन्दुमा झरेको छ ।