प्रचण्डसँगको सहकार्यमा राजनीतिक भविष्य नदेखेपछि : ओलीको शरणमा देउवा – Himalayan Dainik

प्रचण्डसँगको सहकार्यमा राजनीतिक भविष्य नदेखेपछि : ओलीको शरणमा देउवा


प्रचण्डसँगको सहकार्यमा राजनीतिक भविष्य नदेखेपछि : ओलीको शरणमा देउवा

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको सहकार्यमा आफु र आफ्नो पार्टीको भविष्य नै अन्धकार हुने सम्भावना देखेपछि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शरणमा पुग्नुभएको छ ।

माओवादी, कांग्रेस, जसपा, नेकपा एकिकृत समाजवादीलगायतका दलको गठबन्धनको देउवा नेतृत्वको सरकारले प्रतिनिधिसभाको सवैभन्दा ठूलो दल नेकपा एमालेलाई एक्ल्याई तहसनहस बनाउने रणनीति बनाए पनि अहिले देउवाको लागि ठूलो चुनौती बढेर गएको छ । जसले गर्दा उहाँको तथा कांग्रेसको राजनीतिक भविष्य समेत खरा बढेको छ । सत्ताको लिप्त देखिएको गठबन्धनका दलहरु अन्तत एमालेको शरणमा नै पुगेका छन् ।

प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीसँग आफ्ना विश्वासपात्र कानुनमन्त्री ज्ञानेन्द्र कार्कीलाई मंगलबार राति बालकोट पठाउनुभएको थियो । ओली र कार्कीबीच साढे दुई घण्टा कुराकानी भएको थियो ।

संसद्को सबैभन्दा ठूलो दल एमालेको सहयोगबिना संसद् सञ्चालन गर्न अप्ठ्यारो पर्ने देखेपछि प्रानमन्त्री देउवाले आफ्नो स्वार्थपूर्तीको लागि ओलीसँग सम्बन्ध बढाउन चाहनुभएको हो । प्रमुख प्रतिपक्षले सहयोग गरे सरकारले तत्काल प्रतिनिधिसभा बैठक बोलाएर अध्यादेशलाई प्रतिस्थापन विधेयकमार्फत अघि बढाउने योजना बनाएको छ । अबको दुई साताभित्र पारित हुन नसक्दा अध्यादेश स्वतः निष्क्रिय हुन्छ ।

प्रतिपक्ष एमालेले सभामुखको भूमिका र राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोधमा संसद् अवरुद्ध गर्ने संकेत दिएकाले सरकारले प्रतिनिधिसभा बैठक बोलाउनै सकेको छैन । स्रोतका अनुसार अध्यक्ष ओलीले कानुनमन्त्री तथा देउवाका दुतका रुपमा रहनुभएका कार्कीलाई ‘तपाईंहरूसँग १ सय ६५ को संख्या छँदै छ, हाम्रो सहयोग किन चाहियो र रु ल्याउनुहोस् पारित गर्नुहोस् । एमसीसी पारित गर्न पनि हाम्रो सहयोग आवश्यक छैन । तपाईंहरूसँग बहुमत भएपछि हामीले किन सहयोग गरिराख्नुपर्‍यो रु’ भनि जवाफ दिनुभएको थियो ।

भेटमा अध्यक्ष ओलीले २० प्रतिशतमै पार्टी फुटाउन मिल्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर एमाले विभाजन गराएको, पार्टीबाट कारबाहीमा परेका माधवकुमार नेपालसहितका १४ सांसदलाई सभामुख अग्नि सापकोटाले पूर्वाग्रही ढंगले जोगाएको र कारबाहीमा परेका सांसदलाई सनाखत गराएर निर्वाचन आयोगले पनि पार्टी विभाजन गराउने भूमिका खेलेको भन्दै कार्कीसँगको भेटमा चर्को असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।