परिसूचक नेप्से आज उच्च अंकको गिरावट – Himalayan Dainik

परिसूचक नेप्से आज उच्च अंकको गिरावट


परिसूचक नेप्से आज उच्च अंकको गिरावट

काठमाडौँ – सेयर बजार परिसूचक नेप्से आज ६९.०५ अंकको उच्च गिरावट हुँदा २९७५.८४ अंकमा बन्द भएको छ ।

बजार परिसूचकसँगै उबै उपसूचकमा गिरावट भएको छ । विकास बैंक, वित्त कम्पनी र हाइड्रोपावर उपसूचकमा उच्च गिरावट हुँदा सबै उपसूचकले साथ दिएको छ ।

आज नेप्सेमा विकास बैंक उपसूचक सर्वाधिक ३.४८ प्रतिशत, हाइड्रोपावर उपसूचक ३.६ प्रतिशत, वित्त कम्पनी उपसूचक ३.०६ प्रतिशत, अन्य उपसूचक ३.१८ प्रतिशत, लघुवित्त उपसूचक २.८२ प्रतिशत, उत्पादनमूलक उपसूचक ३.८१ प्रतिशत, निर्जीवन बिमा उपसूचक २.६३ प्रतिशत र जीवन बिमा उपसूचक २.५९ प्रतिशतले घटेको छ । यस्तै, बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा १.१५ प्रतिशतको गिरावट भएको छ । बजार परिसूचक लगातार घट्दा पनि कारोबार रकम भने १३ अर्ब नाघेको छ । आज नेप्सेमा २ करोड ३१ लाख ९ हजार ७१३ कित्ता सेयर खरिद–बिक्री हुँदा १३ अर्ब २५ करोड ९६ लाख ९६ हजारको कारोबार भएको छ ।

आइतबार १ अर्बमाथिको कारोबार भएको अरुण भ्याली हाइड्रोपावरको आज पनि कारोबार रकम अर्ब नाघेको छ । कम्पनीको १ अर्ब १ करोड ५ लाख ७३ हजारको कारोबार हुँदा हिमालयन डिस्टलिरीको २९ करोड २३ लाख १४ हजार र अपी पावरको २९ करोड ७८ लाख २६ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा कुल १८६ कम्पनीको सेयर कारोबार भएकोमा १७२ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा १४ कम्पनीको सेयर मूल्य भने बढेको छ । कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ७.५८ प्रतिशतले वृद्धि हुँदा मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य ६.०८ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य ५.९६ प्रतिशतले बढेको छ ।