प्रदेश १ मा अब मालपोत र यातायात कार्यालयको काम अनलाइनबाटै – Himalayan Dainik

प्रदेश १ मा अब मालपोत र यातायात कार्यालयको काम अनलाइनबाटै


प्रदेश १ मा अब मालपोत र यातायात कार्यालयको काम अनलाइनबाटै

विराटनगर – प्रदेश १ सरकारले एक महिनाभित्र मालपोत र यातायात कार्यालयको सेवा अनलाइनबाटै प्रदान गर्ने घोषणा गरेको छ ।

प्रदेशको नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठक गएको शनिबार सम्पन्न भएको थियो । बैठकले प्रदेशभरका मालपोत र यातायात कार्यालयका काम अनलाइनबाटै गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकबारे जानकारी दिँदै उद्योग, वन पर्यटन मन्त्री लछुमन तिवारीले भने, ‘अब त्यसरी भिड लाग्नुपर्दैन। सेवाग्राहीले अनलाइनबाटै सेवा पाउनुहुनेछ । सबै तयारी गरेर महिना दिनभित्र सेवा सुचारु गर्न भौतिक पूर्वाधार मन्त्रालयलाई भनिसकिएको छ ।’