अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण दर बढ्यो – Himalayan Dainik

अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण दर बढ्यो


अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण दर बढ्यो

एजेन्सी – अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणको दर फेरि बढेको छ । सङ्क्रमित भएर अस्पताल भर्ना हुनेको सङ्ख्या एक लाख पुगेको छ । अहिले अस्पतालका एक लाख ३ हजार १७ शय्या बिरामीले भरिएका त्यहाँको स्वास्थ्य निकायले जनाएको छ ।

अमेरिकाको फ्लोरिडा र टेक्सासमा सङ्क्रमण धेरै देखिएको छ । अमेरिकामा गएको २४ घण्टामा ८६ हजार भन्दा धेरैलाई सङ्क्रमण पाइएको छ । योसँगै हालसम्म सङ्क्रमितको सङ्ख्या तीन करोड ९८ लाख ७० हजारभन्दा धेरै पुगेको छ ।