माधव नेपालको पार्टीले पायो संसदीय दलको कार्यालय – Himalayan Dainik

माधव नेपालको पार्टीले पायो संसदीय दलको कार्यालय


माधव नेपालको पार्टीले पायो संसदीय दलको कार्यालय

काठमाडौं – माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले संसदीय दलको कार्यालय पाएको छ। संघीय संसद सचिवालयले समाजवादी पार्टीलाई संसदीय दलको कार्यालय उपलव्ध गराएको हो।

नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीसँगको टकराबका कारण नेपालले नयाँ पार्टी दर्ता गरेका थिए। निर्वाचन आयोगले नेपालको पार्टी आधिकारीक रुपमा प्रमाणपत्र दिएपछि संसद सचिवालयले कार्यालय उपलब्ध गराएको छ। माधव नेपालको पार्टीमा प्रतिनिधि सभामा २३ र राष्ट्रिय सभाका ७ सांसद छन्।

आइतबार बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेता चयन गरेको थियो भने, राष्ट्रियसभामा बेदुराम भुसाललाई चयन गरेको थियो।