अब नेपाल-श्रीलंकाबीच सिधा उडान – Himalayan Dainik

अब नेपाल-श्रीलंकाबीच सिधा उडान


अब नेपाल-श्रीलंकाबीच सिधा उडान

काठमाडौँ –  मंगलबारदेखि नेपाल र श्रीलंकाबीच सिधा हवाई उडान शुरु हुने भएको छ ।

नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाले ट्वीट गर्दै मंगलबारदेखि काठमाडौँ-कोलम्बो सिधा हवाई उडान शुरु हुने जानकारी दिएकी छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले हप्ताको दुई मंगलबार र शनिबार काठमाडौँ-कोलम्बो उडान हुने जानकारी दिए । काठमाडौँ-कोलम्बोको भाडादर न्यूनतम ५९९ देखि अधिकतम ११५८ डलरसम्म तोकिएको छ । श्रीलंकाको राष्ट्रिय धोजाबाहक श्रीलंकन एयरबाट उडान हुनेछ ।