पहिरोले मुग्लिन–नारायणगढ सडक दुइतर्फ अवरुद्ध – Himalayan Dainik

पहिरोले मुग्लिन–नारायणगढ सडक दुइतर्फ अवरुद्ध


पहिरोले मुग्लिन–नारायणगढ सडक दुइतर्फ अवरुद्ध

चितवन – पहिरोले मुग्लिन–नारायणगढ सडक दुइतर्फ नै अवरुद्ध भएको छ । बिहीबारदेखि निरन्तर परेको वर्षाका कारण पहिरो झरेपछि बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भरतपुर महानगरपालिका–२९ सेतिदोभानमा ठूलो पहिरो खसेको छ । अहिले निरन्तर पानी परिरहेको र तत्काल पहिरो हटाउन कठिन हुने प्रहरीले जनाएको छ ।