आजदेखि काठमाडौँमा भेरोसेलको खोप लगाँइदै – Himalayan Dainik

आजदेखि काठमाडौँमा भेरोसेलको खोप लगाँइदै


आजदेखि काठमाडौँमा भेरोसेलको खोप लगाँइदै

काठमाडौँ – कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि काठमाडौँमा लगाँइदै छ ।

जिल्ला स्वास्थ्य कार्यालयले तीन दिन अर्थात आइतबारसम्म पहिलो डोज खोप लगाएकाले आफूलाई पायक पर्ने नजिकका केन्द्रमा गएर खोप लगाउन भनेको छ ।

भेरोसेल खोपको पहिलो मात्रा लगएका ५० वर्ष वा सोभन्दामाथि उमेरका समूहका सबैलाई दोस्रो मात्रा दिइने छ । यस्तै विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी सार्वजनिक यातायातका चालक र सहचालकले पनि खोप पाउने छन् । काठमाडौँका सबै स्थानीय तहमा १४६ खोप केन्द्रका राखिएको छ । यस्तै काठमाडौँ महानगरपालिकामा बस्न सर्वसाधारणलाई मध्यनजर गर्दै थप आठ खोप केन्द्र थपिएका छन् ।

जसअनुसार राधास्वामी आइसोलेसन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र नेपाल प्रहरी अस्पताल रहेका छन् ।