पौडीबाज गौरिकालाई कोरोना संक्रमण पुष्टी – Himalayan Dainik

पौडीबाज गौरिकालाई कोरोना संक्रमण पुष्टी


पौडीबाज गौरिकालाई कोरोना संक्रमण पुष्टी

ओलम्पियन पौडीबाज (स्वीमर) गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ। सिंहले आफू कोरोना संक्रमित भएको फेसबुकमार्फत् जानकारी दिनु भएकाे हाे ।सिंहले यसअघि जापानमा भएको टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नु भएकाे थियाे । प्रतिस्पर्धा सकेर बेलायत पुगेको केही सातामै उहाँलाई कोरोन स‌ंक्रमण पुष्टि भएको हो।हाल उहाँ आइसोलेसनमा बस्नु भएकाे छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा ‘भर्खरै गरिएको टेस्टमा मलाई कोरोना पोजिटिभ देखिएको छ,’  भनेर लेख्नु भएकाे छ ।