अमेरिकी उपराष्ट्रपति ह्यारिस सिंगापुरमा – Himalayan Dainik

अमेरिकी उपराष्ट्रपति ह्यारिस सिंगापुरमा


अमेरिकी उपराष्ट्रपति ह्यारिस सिंगापुरमा

एजेन्सी –  अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस दक्षिण पूर्वी एसिया भ्रमणका लागि सिंगापुर पुगेकी छन् । ह्यारिस आइतबार दिउँसो सिंगापुर आइपुगेकी हुन् । सिंगापुर पुगेपछि उपराष्ट्रपति ह्यारिसले दक्षिण पूर्वी एसिया र एन्डो-प्यासेफिक क्षेत्र अमेरिकाको सुरक्षा र सम्मृद्धिका लागि निकै महत्वपूर्ण भएको बताएकी छन् ।

सात दिने दक्षिण पूर्वी एसिया भ्रमणमा आएकी ह्यारिसले आज सिंगापुरका राष्ट्रपति, प्रधानमन्त्रीलगायत नेताहरूलाई भेट्ने कार्यक्रम छ ।