मिष्टर एण्ड मिस नेपाल एसईइ २०२१ को विजेता बने सविन र निकिशा – Himalayan Dainik

मिष्टर एण्ड मिस नेपाल एसईइ २०२१ को विजेता बने सविन र निकिशा


मिष्टर एण्ड मिस नेपाल एसईइ २०२१ को विजेता बने सविन र निकिशा

ललितपुर – मिष्टर एण्ड मिस नेपाल एसईइको तेस्रो संस्करण सम्पन्न भएको छ । ललितपुर ग्वार्कोस्थित म्युजिक सिटी हलमा संचालन भएको प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा मिष्टर तर्फ सविन निरौला र मिस तर्फ निकिशा खड्का विजेताका रुपमा छनौट भएका छन् । मिष्टर नेपाल एसईइ २०२१ बनेका सविनले मल्टिमिडिया र ह्यान्डसम विथ पर्पसको उपाधि पनि आफ्नो नाममा लेखाएका थिए भने मिस नेपाल एसईइ २०२१ बनेकी निकिशाले मिस क्याटवाकको अवार्ड आफ्नो नाममा सुरक्षित गरेकी थिइन् ।
प्रतियोगिताको फस्ट रनर अप तर्फ ट्यालेन्ट अवार्ड सहित अपूर्व गौतम र वेष्ट फिगर अवार्ड सहित प्रिया गौतम सफल भएका थिए भने भ्युअर्स च्वाइस उपाधि सहित रिन्जिन स्याङ्बो मिष्टर तर्फ र प्रमिशा सेजुवाल मिस तर्फ सेकेन्ड रनर अप छनौट भएका थिए । 
प्रतियोगितामा प्रोभिन्सतर्फको विजेता पनि चयन गरिएको थियो । जस अन्तर्गत प्रोभिन्स १ मा पेमा डोल्मा तामांङ, प्रोभिन्स २ मा सुभेच्छा लामा, प्रोभिन्स ३ मा प्रिन्सा आचार्य, प्रोभिन्स ४ मा दिक्षा थापा मगर र प्रोभिन्स ५ मा पुजा वस्याल विजेता चयन भएका थिए । 
अभ्यानी प्रोडक्सनको ब्यानरमा आयोजित उक्त कार्यक्रममा राप्रपा महामन्त्री तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिंगदेनका प्रमुख आतिथ्यमा संचालन भएको थियो । प्रतियोगिताको कोरियोग्राफरको भूमिकामा रोजिन शाक्य, अफिसियल फेसन डिजाइनरमा सिमोन पन्डित, प्रोजेक्ट डाइरेक्टर अनिकेत अधिकारी, डान्स कोरियोग्राफरमा सुजन श्रेष्ठ, डाइरेक्सन अफ फोटोग्राफीमा अशोक थापा र मुख्य व्यवस्थापकको रुपमा सौरभ चौधरी रहेका थिए ।