सुलभ डिपार्टमेन्टल स्टोरमा इसेवा मार्फत् भुक्तानी गर्दा १५% सम्म क्यासब्याक – Himalayan Dainik

सुलभ डिपार्टमेन्टल स्टोरमा इसेवा मार्फत् भुक्तानी गर्दा १५% सम्म क्यासब्याक


सुलभ डिपार्टमेन्टल स्टोरमा इसेवा मार्फत् भुक्तानी गर्दा १५% सम्म क्यासब्याक

पोखरा – पोखराको लेकसाइडमा अवस्थित सुलभ डिपार्टमेन्टल स्टोरमा इसेवा मार्फत् भुक्तानी गर्दा १५ प्रतिशतसम्म क्यासब्याक पाइने भएको छ । सुलभ उपभोक्ता सहकारी मार्फत सञ्चालित सुलभ डिपार्टमेन्टल स्टोरमा इसेवा मोबाइल एपको क्यूआर मार्फत् भुक्तानी गर्दा १५ प्रतिशत ९रू २०० सम्म० क्यासब्याक पाइने छ ।

यो योजना भदौ १२ गतेसम्म लागु हुनेछ । इसेवाले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले पछिल्ला दिनमा उपभोक्तालाई विभिन्न किसिमका छुट र क्यासब्याक योजना ल्याइरहेको छ ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख छ । अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख ३० हजार एजेन्ट ९इसेवा जोन तथा पोइन्ट० छन् । हाल इसेवामा मर्चेन्टको संख्या पाच लाख नाघिसकेका छन् ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।