बुटवलमा खुल्यो , इलेक्ट्रिक स्कुटरको शोरुम १५ हजार नगद छुट – Himalayan Dainik

बुटवलमा खुल्यो , इलेक्ट्रिक स्कुटरको शोरुम १५ हजार नगद छुट


बुटवलमा खुल्यो , इलेक्ट्रिक स्कुटरको शोरुम १५ हजार नगद छुट

बुटवल – बुटवलमा पनि भारतको टूव्हीलर ब्राण्ड प्युअर इभिको उत्पादन इलेक्ट्रिक टूव्हीलर अर्थात इलेक्ट्रिक स्कुटरको शोरुम संचालनमा आएको छ ।

संघीय राजधानी काठमाडौ बाहिर लुम्बिनी प्रदेशको बुटवल स्थित राजमार्ग चौराहामा “इन्जिन क्लाउड नेपाल” ले इलेक्ट्रिक टूव्हीलरको डेलिभरी सुरु गरेको हो । यस शोरूममा इन्डियन टेक्नोलोजीद्वारा बनेका विभिन्न मोडेल र रंगहरूका इलेक्ट्रिक स्कूटरहरु उपलब्ध रहेका छन् । जसमा इप्लुटो सेभेन जि, इन्ट्रान्स नियो र इन्ट्रान्स प्लस गरि तीन प्रकारका स्कुटरहरु विभिन्न ६ रङमा उपलब्ध रहेको छ ।

बिक्री शुभारम्भको अबसरमा इन्जिन क्लाउड नेपालबाट खरिद गर्दा ग्राहकहरुलाई १५००० नगद छुट र हेल्मेट फ्री दिइएको संचालक प्रेम भुसालले बताए । उनले किस्ताबन्दीमा लिन चाहाने ग्राहकहरुलाइ कामना सेवा फाइनान्स बाट शुन्य प्रतिशत ब्याजदरमा उपलब्ध गराइने पनि उनले बताए । साथमा छाता, फेसमास्क बक्स, निःशुल्क सर्भिसको सुविधा रहेको कम्पनीले जनाएको छ । एक पटक चार्ज गरेपछी ११६ किलोमिटर गुड्ने यि स्कुटरमा ५ बर्षको वारेन्टी रहेको छ ।

शोरुम भिजिट गर्ने जोसुकैले पनि टेस्टराइड गर्न पाउने अर्का संचालक महेन्द्र अर्यालले बताए । उनका अनुसार टेस्टराइड गर्दा लाइसेन्स भने अनिवार्य गरिएको छ । घरमै चार्ज गर्न सकिने, इन्धन सकियो भन्ने पनि नहुने, पेट्रोलपम्पमा जस्तै न लाइन लाग्नुपर्ने झन्झट न इन्धनको लागि पैसा भएन भन्ने झन्झट । यसमा जति लगानी लाग्ने हो त्यही सुरुमा खरिद गर्दा लाग्ने हो । एक पटक किनिसकेपछी स्कुटरमा लाग्ने अन्य खर्चबाट मुक्त हुने अर्यालले बताए ।प्युअर इभि दुइपांग्रे इन्डियाको नम्बर एक ब्रान्ड हो ।

पछिल्लो समय धेरैको रोजाइ इलेक्ट्रीक स्कुटरमा रहेको छ । अबको १० बर्ष भित्र डिजेल पेट्रोलबाट चल्ने सवारीलाइ बिस्तापित गर्ने सरकारको नीति अनुसार बिधुतिय सवारी अहिले सबैको प्राथमिकतामा पर्ने गरेको छ । प्राथमिकतामा नपरोस पनि कसरी रु न पेट्रोल हाल्ने झन्झट, न पैसा सकियो भन्ने पिर । पेट्रोल पम्पमा जस्तो गएर लाइन लाग्नु नपर्ने घरमै चार्ज गर्न सकिने भएपछि इलेक्ट्रिक भेहिकलहरु अहिले सबैको रोजाइमा छन । इलेक्ट्रीक स्कुटिको सामान्य मूल्य २ लाख देखि २ लाख ५० हजारसम्म रहेको छ ।