पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा – Himalayan Dainik

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा


पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं  –  नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । आज बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत खड्काले सन्यास लिएको घोषणा गरेका हुन् ।

नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धी रहेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय क्रिकेटरका रूपमा यात्रा टुङ्गिए पनि नेपाली क्रिकेटका लागि आफ्नो सपना भने अझैँ बामे सर्दै गरेको उल्लेख गरेका छन् । ‘मैदानभित्रका बितेका २० वर्ष जीवन रहुन्जेल मीठो यादका रूपमा रहनेछन् ।